प्रचण्ड-नेपाल पक्ष नागरिकतासहित आयोगमा लाइन लाग्ने



काठमाडौँ। नेपाल कम्युनिस्त पार्टी (प्रचण्ड–नेपाल समूह) ले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग अगाडि लाइन लाग्ने भएको छ।

प्रचण्डले बारम्बार आयोगलाई लक्षित गर्दै हामीसँग बहुमत नभएको जस्तो लाग्छ भने लाईन लाग्न तयार रहेको बताउँदै आएका थिए। निर्वाचन आयोगका निर्णयहरुबाट सशंकित बनेको प्रचण्ड-नेपाल पक्षले पार्टीको नाम, चुनाव चिन्ह आफूले पाउन हर प्रयास गरिरहेको देखिन्छ।

शुक्रबार केन्द्रीय सदस्यहरुलाई आफ्नो नागरिकता बोकेर पार्टी कार्यालय पेरिसडाँडामा भेला हुन आग्रह गरिएको छ। गत पुस ५ गते प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको मिलिभगतमा संसद विघटन भएपछि आन्दोलित बनेको प्रचण्ड-नेपाल समूह आक्रम बनेको देखिन्छ।

बहुमत संख्या रहेको प्रचण्ड-नेपाल पक्ष र ओली पक्षले आधिकारिक नेकपा आफू रहेको दाबी गर्दै जनताको बीचमा भाषण गरिरहेका भएपनि निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगो लगाउन भने सकेको छैन।