कोरियामा अब थप १३ महिना बस्न पाइने



काठमाडौँ। दक्षिण कोरियामा अब थप १३ महिना बस्न पाइने भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण करिब एक वर्षदेखि कोरियाले विदेशी कामदार लगेको छैन।

कोरोनाभाइरसका कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्कन नपाएका कामदारलाई अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने कोरियाले नयाँ नीति ल्याएको छ।

दक्षिण कोरियाले कोरियाका विभिन्न भिसामा पुगी काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहेमा १३ महिनासम्म बस्न पाइने व्यवस्था गरिएको हो।

लामो समयदेखि विदेशी कामदार नल्याएका कारण कोरियामा कामदारको अभाव हुन थालेको छ। कामदारको अभावलाई पूर्ति गर्न कोरियाले यस्तो रणनीति ल्याएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।