मृत्युदण्ड पाएकी आमाले बारम्बार चुमिन् छोराको अनुहार



काठमाडौँ। प्रेमीसँग मिलेर आफ्नै परिवारका सात सदस्यको हत्या गर्ने शबनमको अपराधका बाबजुद बुलंदशहरको एक दम्पत्तिले उनका छोरालाई अपनाएका छन्।

जेलमा जन्मिएका शबनमका यी छोराको अब यो दम्पत्तिले हेरविचार गरिरहेको छ। उनको छोरा हाल ६ कक्षामा पढिरहेका छन्। बच्चाले ती दम्पत्तिलाई सानो मम्मी, पापा भन्छन्।

शबनमले बच्चालाई बारम्बार सम्झाइरहेकी थिइन्

सन् २००८ डिसेम्बर १३ मा मुरादाबादको जेलमा एक छोरा जन्माएकी थिइन्। दैनिक जागरणमा छापिएको खबर अनुसार केही दिन अघि बालकलाई पालिरहेका दम्पत्तिले उनलाई रामपुल जेलमा कैद शबनमलाई भेटाउन लगेका थिए। स्रोतका अनुसार जब आमाले छोरालाई देखिन् तर उनी भक्कानो परेर रुन थालिन् र धेरै बेरसम्म शबनमले छोरालाई अँगालोमा बाँधेर रुन थालिन्। शबनमले छोरालाई बारम्बार राम्रोसँग पढेर राम्रो मान्छे बन भनेर सम्झाइरहेकी थिइन्। उनले छोरालाई ‘म नराम्रो आमा हुँ, मलाई कहिले पनि याद नगर’ भनिन्।

बच्चाले सोधे प्रश्न

दम्पत्तिले भने, ‘सायद उनलाई आफ्नो मृत्यु नजिकै आउन लागेको महसुस भयो। जेलबाट फर्किएपछि बच्चाले हामीलाई ‘ठूलो मम्मी किन रोइरहेकी थिइन्, मलाई बारम्बार किन चुमिरहेकी थिइन्, राम्रोसँग लेखपढ गरेर राम्रो मानिस बन्न भनिरहेकी थिइन्’ भनेर प्रश्न सोधिरहेका थिए। मिति निश्चित भएपछि हामी बच्चालाई अन्तिम पटक उनकी आमालाई भेट्न लानेछौं।’

२०१५ मा दम्पत्तिलाई सुम्पिएको थियो बच्चा

शबनमका छोरा ६ वर्ष ७ महिना र २१ दिन आमासँग जेलमा बसेका थिए। बाल कल्याण समितिले बच्चाको राम्रो लालनपालनका लागि ३० जुलाई २०१५ मा उनलाई बुलंदशहरको यी दम्पत्तिलाई सुम्पिएका थिए। त्यतिबेला देखि बच्चा परिवारकै हिस्सा हुन्।

सातजनालाई बञ्चरोले हानेर हत्या गरेकी थिइन्

शबनम भारत यूपीको अमरोहा जिल्लाको बावनखेडी गाउँमा बस्छिन्। उनले आफ्ना प्रेमी सलिमसँग मिलेर आमा–बुवासहित सात जनालाई बञ्चरोले काटेर हत्या गरेकी थिइन्। यो घटना १५ अप्रिल २००८ को राती भएको थियो।