प्रचण्ड-नेपाल समूहको टुँडिखेलमा मानव साङ्गो (फोटो फिचर)



काठमाडौँ। संसद विघटन, महंगी र भ्रष्टाचारविरुद्ध चौथो चरणको आन्दोलनमा उत्रेको नेकपा (प्रचण्ड-नेपाल) पक्षले काठमाडौँको टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रतिगामी कदम रोक्छौँ रोक्छौं’ भन्ने नारा लिएर सडकमा आएको (प्रचण्ड-नेपाल) पक्षले बिहिबार टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेको हो।

मानव साङ्लोमा केन्द्रीय तहका नेतासहित विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए। मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, प्रतिगमन रोक्छौँ रोक्छौँ, बढ्दो महँगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ’ जस्ता नारा लेखिएका पम्प्लेटहरु शरीरमा टाँसेका छन्।

तस्बिर: मुकुन्द कालिकोटे