नवलपरासी। नारायणी नदीमा पुल नबन्दा नवलपरासीका बासिन्दा वडाका सामान्य सिफारिस लिनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा छन्।
भारतसँग सीमा जो डिएको नवलपरासीको सुस्तावासीमा पुल नहुँदा वडा तथा गाउँपालिकाको सेवा लिनका लागि भारतको बाटो भएर जानुपर्ने बाध्यता रहेको हो ।
पूर्वी नवलपरासी र पश्चिम नवलपरासीकोसीमामा रहेको सुस्ता गाउँपालिकावासी पुल नहुँदा भारतको विहार हुँदै आफ्नो प्रशासनिक केन्द्रमा जानुपर्ने बाध्यता रहेको सुस्ता बचाऊ अभियानका संयोजक गोपाल गुरुङले बताए।
सुस्ता गाउँ एकातर्फ भारतीय सीमाले घेरेको र अर्कोतर्फ नारायणी नदीले घेरेको छ। नेपालतर्फ नारायणी नदीमा पुल बनाउन सुरु गरिएको चार वर्षसम्म समेत काम नभएपछि थप समस्या झेल्नुपरेको गुरुङको भनाइ छ। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।