कालीकोट। जिल्लाको रास्कोट नगरपालिका वडा नं ७ को सान्नीघाट बजारमा जीपको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।
कर्णाली करिडोरमा सञ्चालन हुने मे१ज ११४९ नम्बरको जीपले सान्नीघाटमा ब्यापार गदै आएका गोबिन्द्र सिम्खाडाको दुई वर्षीय छोरा प्रेम सिम्खाडालाई ठक्कर दिएको थियो।
सामान्य घाईते भएका बालकलाई चालकले जीप पछाडी ल्याएर टाउँकोमा टायर चढाएर मारेको प्रतिक्ष दर्शीहरुले जनाएका छन्। जीप क्रस हुने क्रममा बच्चालाई सामान्य ठक्कर दिएको र बच्चालाई मार्यो भनेर हल्ला गरेपछि चालक उमाकान्त पाठकले ब्याक गरेर मारेको स्थानीय कर्ण बिश्वक्रर्मा बताउँछन्।
बच्चालाई हत्या गरेर चालक नजिकै रहेको अस्थायी प्रहरी चोकीमा पुगेका थिए। प्रहरीले चालकलाई सुरक्षामा राखेको छ। स्थानीयले गाडीलाई ५० मिटर धकेलेर पुलमा ल्याएर जलाएका छन्। स्थानीयले प्रहरी चौकीमासमेत तोडफोड गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख चक्रबहादुर शाहले घटना भएको र जिल्लाबाट प्रहरी निरीक्षक महेश शाहीको नेतृत्वमा घटनास्थलमा प्रहरी पठाएको जानकारी दिए।