सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीमा निर्वाचित भएको ३ वर्षपछि सचिवालय परिर्वतन गरेका छन्।
बुधबार प्रमुख स्वकिय सचिवमा कृष्णप्रसाद आचार्यलाई नियक्त गरेका छन्। त्यस्तै मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा बिष्णुबहादुर बिक (बिकल्प) र स्वकीय सचिवमा रबिन्द्रबहादुर शाहीलाई नियुक्त गरिएको छ।
यस अघि जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकिय सचिव खेमबहादुर सिंह र स्वकीय सचिव सुमन शाही थिए। उनीहरुको कार्यसम्पादनमाथि निरन्तर प्रश्न उठेपछि मुख्यमन्त्री शाहीले टिम चेन्ज गरेको बुझिएको छ।