काठमाडौँ। पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन काठमाडौँको राष्ट्रिय सभामा सुरु भएको छ।
‘प्रेस स्वतन्त्रताको आधार: सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित बुधबारदेखि महासंघको महाधिवेशन सुरु भएको हो। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाधिवेशनको उदघाटन राष्ट्रिय सभागृहमा गरेका छन्।
खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु भएको छ। बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरेर आजै कार्यक्रम सक्ने तयारी रहेको छ।
विधानमा भएको व्यवस्था अनुसार महाधिवेशनको उदघाटन समारोह सकिएको एक महिनाभित्र महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ।
तस्बिर: मुकुन्द कालिकोटे