उत्तर कोरियाली नेताकी श्रीमती एक वर्षपछि कन्सर्टमा



काठमाडौँ। उत्तर कोरियाली नेताकी श्रीमती लगभग एक वर्षदेखि सार्वजनिक रुपमा देखिएको त्यहाँको राज्य सञ्चालित मिडियाले जानकारी दिएको छ ।

री सोल–जु मंगलबार आफ्ना श्रीमानसँग किमका दिवंगत पिता तथा उत्तर कोरियाका पूर्व नेता कि जोङ–इलको जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कन्सर्टमा उपस्थित भइन्।

री सोल–जु यसअघि पनि श्रीमानसँग विभिन्न कार्यक्रममा देखिने गरेकी थिइन् तर उनलाई जनवरी अन्तिमबाट देखिएकी थिइनन्। उनी सार्वजनिक रुपमा नदेखिएपछि उनी बिरामी भएको हो कि अथाव गर्भवती भएको हो कि भन्ने आशंका गरिएको थियो।

सार्वजनिक भएका तस्बिरमा यी दुईलाई निकै खुसी मुद्रामा देखिएको छ भने उनीहरुले मास्क लगाएका थिएनन् । साथै सामाजिक दुरीको पालना गरिएको पनि देखिएको छैन।