भारत। मध्यप्रदेशको सिधि जिल्लामा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुगेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
यो दुर्घटनामा अघिल्लो मंगलबार रामपुर नैकिन थानाक्षेत्रमा बिहान लगभग साढे ७ बजे भएको हो। उक्त बस २२ फिट गहिरो नहरमा खसेको थियो।
मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामाथि गहिरो दुःख व्यक्त गरेका छन् र दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई ५/५ लाख भारु दिने घोषणा गरेका छन्।