ओली पक्षद्वारा काठमाडौँ-कालिकोट सम्पर्क मञ्चको पुनर्गठन



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (केपी शर्मा ओली) पक्षले कालिकोट-काठमाडौँ सम्पर्क मञ्चको पुनर्गठन गरेको छ।

काठमाडौँ-कालिकोट सम्पर्क मञ्चद्वारा आयोजित ‘अगुवा कार्यकर्ता भेला’ ले पुनर्गठित मञ्चको अध्यक्षमा विनोद शाहीलाइ चयन गरेकाे छ। यसअघि कालिकोट-काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा चित्र हमाल थिए।

मंगलबार राजधानीको त्रिचन्द्र क्याम्पसमा आयोजित एक कार्यक्रममा शाहीको नेतृत्वमा ५१ सदस्सीय कमिटी गठन गरिएको हाे। नव गठित मञ्चका कोषाध्यक्ष रमेश शाही (राजकुमार) का अनुसार उपाध्यक्षमा खगेन्द्र शाही, सचिव लक्ष्मण उपाध्याय र सह-सचिव चन्दसुर्य शाही चयन भएका छन्।

नेकपा (केपी शर्मा ओली) का केन्द्रीय सदस्य तथा कर्णाली-काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष देवीराम भुसालको प्रमुख आतित्थ्यता तथा अर्का केन्द्रीय सदस्य नगिन्द्र शाही (नेशनल) र काशिचन्द बरालको विशेष आतित्थ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको कोषाध्यक्ष शाहीले जानकारी दिए।