चीनद्वारा पूर्वी लद्दाखमा बनेको आफ्नो हेलिप्याड नष्ट



काठमाडौँ। पूर्वी लद्दाखमा भारत र चीनबीच लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् वास्तविक नियन्त्रण रेखा नजिकै फिंगर फाइभमा बनाएको आफ्नो हेलिप्याड र अस्थाई जेटीलाई चीनले नष्ट गरेको छ।

पत्रिका टाइम्स अफ इन्डियामा छापिएको एक खबरका अनुसार अघिल्लो वर्ष भारत र चीनबीच तनाव बढेपछि चीनले पेन्गोङ्ग त्यो तालको उत्तरी किनारा नजिकै फिंगर फाइभमा हेलिप्याड र अस्थायी जेटी बनाएको थियो। तर अब सेनाको डिसइन्गेजमेन्टको प्रक्रियाको आधारमा चीनले यी ढाँचालाई नष्ट गरिरहेको छ।

पछिल्ला दिनमा यी दुई देशबीच फेब्रुअरी १० देखि पेन्गोङ्ग त्योमा डिसइन्गेजमेन्ट प्रक्रिया सुरु गर्नेबारे सहमति स्थापित गरिएको थियो । यस अनुसार दुबै पक्षले अघिल्लो वर्ष अप्रिल पछि लाइन अफ एक्चुअल कन्ट्रोल नजिकै फिंगर एरियामा बनाइएको सबै ढाँचालाई नष्ट गर्नुपर्ने र सेना आफ्नो पुरानो पोजिसनमा फर्कनुपर्ने थियो।

पत्रिकाका अनुसार डिसइन्गेजमेन्ट प्रक्रियाका अनुसार चिनियाँ सेना पेन्गोङ्ग त्सोको उत्तरमा रहेको फिंगर ८ बाट पूर्वतफए श्रीजप प्लेनतर्फ फर्किरहेको छ जबकी भारतीय सैनिकले पश्चिमतर्फ फिंगर २ र फिंगर थ्रीबीच रहेको धन सिंह थापा पोस्टतर्फ फर्किरहेको छ।