काठमाडौँ। रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल र ओली समूहका विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन्।
मंगलबार सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपाको दुई समूहका विद्यार्थीबीच झडप भएको थियो। उक्त झडपमा परी प्रचण्ड–नेपाल समूहका एक जना विद्यार्थी घाइते भएका छन्।
स्ववियू सभापति तपेन्द्रजंग शाहीका अनुसार कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको छ। पीडित समूहले कुटपिटमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिएको बताइएको छ। उक्त झडपमा परि घाइते हुनेमा प्रचण्ड(नेपाल समूहका विद्यार्थी नेता दिपक बस्नेत, दिलिप खड्का, बिशाल रिजाल र मनिस बस्नेत रहेका छन्।
यस्तै बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आ’क्र’म’ण गरेका छन्। जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन।
उक्त समूहले ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउँदको पेटमा ढुंगा लागेको डिलासैनी गाउँपालिका कार्यसमिति सचिव बिरबहादुर बिष्टले बताएका छन्।
उक्त सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंंह महरलगायतको सहभागीता रहेको थियो। आ’क्र’मणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हा’ना’हा’नमा परी ६ जना घाइते भएका छन्।
अहिले घटनास्थल तनावग्रस्त बनेको छ। झ’ड’पपछि उक्त स्थलमा प्रहरीको टोली पुगेको छ। प्रहरी टोलीले झ’ड’प रोक्ने प्रयास गरिरहेको बताइएको छ।