सर्विन र पूर्णीमाको स्वरमा ‘सुन बग्ने कर्णाली’



कालिकोट। गायक सर्विन बोगटी र गायिका पूर्णीमा लामाको समुधुर स्वरमा ‘सुन बग्ने कर्णाली’ बोलको गीत बजारमा आएको छ।

गायक बोगटीको युट्युव च्यानल मार्फत उक्त गीत मंगलबार सार्वजनिक गरिएको हो। गायक बोगटीको शब्द तथा संगीतमा तयार पारिएको गीतको म्युजिक भिडियो सुनिल पाण्डेले निर्देशन गरेका छन्। गायक बागटीले पाँच वर्ष पहिले रचना गीत हालै बजारमा पठाएको बताएका छन्।

यो पनि पढ्नुहोस्

सर्विनको कर्णप्रिय ठाडीभाका ‘उस्तै छैकी फेरी’ 

गायक बोगटी भन्छन्, ‘कर्णालीभन्दा वा सुन्दा मनमा झट्ट् बिकट दुर्गम र पीछडिएको भान हुन्छ्र। तर प्रकृतिक स्रोत, बहुमूल्य जडिबुट्टी, खानि र पानीले कर्नाली धनी हो। राज्य ब्यवस्थका कारण जनता सधैं रोग भोग र गरीबीमा पिल्सिएर बाँच्नु पर्ने अवस्था छ।

‘यो गीतले खोजेको विकास र गरीबको अन्य हो्र। दुःखभित्र नै, सुख खोजेर बाँचौ एक अर्कालाई माया र सयोगले सारा दुःखहरु बिर्सिन सक्छ। जिन्दगीको यात्रा सहजले ज्युन सकिन छ भन्ने आसय र सन्दर्भहरु समावेश गरिएका छन्।’

बीबी अनुरागीको संगीत संयोजन रहेको गीतमा जिबी आग्री र सुस्मिता कुँवरको अभिनय देख्न सकिन्छ। राजेन्द्र पालले गीतका दृश्यहरु क्यामेरामा कैद गरेका हुन् भने शिलन लम्सालले म्युजिक भिडियोको सम्पादन गरेका छन्।

भिडियो हेर्नुहोस्