महामन्त्री शाहीलाई नेता पौडेलले भेटे



काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले अस्पतालमा उपचारत तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीलाई भेटेका छन्।

काठमाडौँको महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शाही उपचारत छन्। गत आइतबार राती करिब साढे ११ बजे शाहीलाई हृदयघात भएको थियो।

नेता पौडेल मंगलबार महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियू कक्षमै पुगेर शाहीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको नेविसंघको नेता जगतजंग बिष्टले जानकारी दिएका छन्।

सोमबार कांग्रेस नेताहरु अर्जुननरसिंह केसी र डा.राम शरण महतले पनि शाहीलाई अस्पताल पुगेर भेटेका थिए। अस्पतालका अनुसार शाही खतरामुक्त छन्। अझैं केही दिन शाहीलाई संघन कक्षमै राखेर