गणतन्त्रको रक्षाका निम्ति नयाँ जनादेशमा जाउँ: नेता शाही



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (ओली) पक्षका नेता नगिन्द्र शाही (नेसनल) ले नयाँ जनादेशमा जाने कुरा कसरी प्रतिगामी हुन्छ? भन्दै प्रश्न गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेशबुकमार्फत नेता शाहीले नयाँ जनादेशमा जाने कुरा प्रतिगामी हो भन्नेहरू वास्तविकता के हो ? भन्ने बारेमा गहिरो अध्ययन गर्नसमेत अनुरोध गरेका छन्।

नेता शाहीले लेखेका छन्, ‘नयाँ जनादेशमा जाने कुरा प्रतिगामी हो भन्ने मित्रहरू कृपया पढ्नुहोस्। आगामी चुनाव संविधान अनुसार नै हुने हो तर केही नेताहरूका निम्ति चुनाव जित्ने सम्भव नभएको हुदा रोईलो गरेका छन्। विवेक प्रयोग गरौं र लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति नयाँ जनादेशमा जाऊ।’

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालको फेहरिस्त सार्वजनिक गर्दा राखेको सम्बोधनको अंशसमेत सार्वजनिक गरेका छन्। ‘प्रतिनिधिसभा विघटनको सिफारिसलाई ‘संविधान विपरीत, जनादेशको अपहेलना, प्रतिगमन’ जस्ता आपत्तिजनक आरोप लगाइएको सुनेको पनि छु। उदेक लाग्छ–साथीहरु केलाई प्रतिगमन भनिरहनु भएको छ? के अहिले हामी संविधानसभाद्वारा निर्मित संविधानले कोरेको सीमाभन्दा पछि हटेका छौँ? के हामी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र त्यसले अंगिकार गरेको सामाजिक÷ साँस्कृतिक मूल्यको विरुद्धमा छौँ रु के हामी जनतासँग मत माग्ने र उनीहरुले चुनेका प्रतिनिधिबाट शासन सञ्चालन गर्ने बाटो भन्दा अलग बाटोमा हिँड्दै छौँ ? छैनौँ ।

हामी कोही उल्टोतिर फर्केका छैनौँ भने प्रतिगमन भयो कसरी ? विगतमा छलछाम गरीगरी आप्mनो सरकारको आयु लम्ब्याउने गरिन्थ्यो, त्यसरी सत्तामा टाँस्सिइरहन खोज्नु पो अलोकतान्त्रिक हुन्छ १ ‘तपाईंले दिनु भएको महत्वपूर्ण मतले वाञ्छित नतिजा दिन सकेन, पुनः परीक्षण गरौँ, जे परिणाम आउँछ, सबैले स्वीकारौं।’ भन्नु कसरी प्रतिगमन हुन्छ? जनतासमक्ष अघिल्लो जनादेशले काम गरेन, नयाँ आदेश पाउँ भन्नु कसरी जनादेशको अपहेलना हुन्छ?

निर्वाचनमा पराजितहरुले ‘माथि माथि जाने, मन्त्री-प्रधानमन्त्री बन्ने’ आकाङ्क्षा राख्नु पो अलोकतान्त्रिक हुन्छ। आन्तरिक निर्वाचनमा पराजितले विना प्रतिस्पर्धा पार्टीको रोजेको पदमा आसीन हुन पाउँ भन्दै रोड्याईँ गर्नु पो अलोकतान्त्रिक हुन्छ। अनुचित प्राप्तिका लागि बिभिन्न हर्कत गर्दै, संविधानले निर्देश गरेको भन्दा भिन्न तरिका अवलम्बन गरी मुलुकलाई फरक ठाँउतिर लैजान खोज्नु पो प्रतिगमन हुन्छ। लोकतन्त्रमा जनताको अभिमत लिन खोज्नु कसरी प्रतिगमन हुन्छ?

निर्वाचन लोकतान्त्रिक प्रणालीको जीवन हो। लोकतन्त्रमा निर्वाचनले राष्ट्र वा पार्टीहरुलाई विभाजन गर्दैन, एक बनाउँछ। सही र गलतबीच प्रतिस्पर्धा गराउँछ। पार्टीहरुलाई आ–आफ्नो अजेण्डामा एक बनाउँछ। निर्वाचनको घोषणापछि विजय हासिल गर्न, निर्वाचन मार्फत आप्mना उद्देश्यहरु पूरा गर्न, अझ सुदृढ एकताका साथ अघि बढ्नु पर्नेमा विभिन्न निहुँ र बहाना बनाएर पार्टीलाई नै विभाजित गर्ने प्रयास गर्नु त अपराध हो।

ढ प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम होस् भन्ने पवित्र उद्देश्यका साथ ताजा जनादेशको लागि चालिएको राजनीतिक कदम हो। ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र राजनीतिक स्थीरताको लागि हो। संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिको अविचलित यात्राको निरन्तरताका लागि हो। यो कदम हाम्रो लोकतान्त्रिक प्रणालीलाई ‘समीकरण र गठबन्धन’को फोहोरी खेलबाट मुक्त गर्न चालिएको ‘बाध्यात्मक तर आवश्यक’, र अहिलेको लागि ‘अपरिहार्य’ कदम हो।