महामन्त्री शाही खतरा मुक्त, नेता केसी र महतले भेटे



काठमाडौँ। नेपाली कांग्रेस निकट नेपाल तरुणदलका महामन्त्री भुपेन्द्रजंग शाही खतरामुक्त अवस्थामा छन्।

संघीय राजधानी काठमाडौँको महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत शाहीलाई आइतबार राती करिब साढे ११ बजे हृदयघात भएको थियो।

महामन्त्री शाहीको अवस्था खतरामुक्त रहेको चितिक्सकहरुले जानकारी दिएका छन्। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत शाहीलाई भेट्नेहरुको भुईँचो छ। तर, उनलाई सबैले भेटेर स्वास्थ्यलाभको कामना गर्न भने पाएका छैनन्।

कांग्रेसका नेता तथा पूर्वमन्त्रीद्वय अर्जुन नरसिंह केसी र डा. रामशसरण महतले भने उनलाई आइसियूमै पुगेर भेटेका छन्। उनीहरुले शाहीको स्वास्थ्यलाभका कामना गरेका छन्।