काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने र नयाँ निर्वाचन गराउने आफ्नो निर्णयको प्रतिरक्षा गरेका छन्।
सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू लोकतान्त्रिक प्रणालीको विरुद्धमा नरहेको दोहोर्याएका छन्। ‘जनादेश राम्रो भईकन पनि जनादेशबाट आएका पात्रहरू उपयुक्त नभएकाले नयाँ पात्रहरूको लागि’ चुनावमा जान लागिएको दाबी गरेका छन्। संसद् विघटनको निर्णय विधिसम्मत रहेको तर्क गर्दै उनले त्यो ‘पद प्राप्तिका लागि नभई प्रणालीको रक्षाका लागि रहेको’ बताए।
उनले भने, ‘ताजा जनादेशका लागि निर्वाचनमा जाने कुरा पार्टीलाई एकजुट गराउने कुरा हो। पार्टीहरू बृहत्तर लोकतान्त्रिक मान्यता र विकासका लागि अगाडि बढाउने माध्यम निर्वाचन हो। लोकतन्त्रमा यसले सही र गलतबीच प्रतिस्पर्धा गराउँछ।उनले ताजा जनादेश अराजकताको अन्त्यका लागि अत्यावश्यक र अहिलेको लागि अपरिहार्य रहेको दाबी गरे।