संसद पुन:स्थापनाको माग गर्दै पत्रकारहरुद्वारा प्रदर्शन



तस्बिर:ध्रुव बुढाथोकीको फेशबुकबाट

सुर्खेत। गते पुस ५ गते प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा संसद विघटन गरिएपछि उक्त कदमको चौतर्फि विरोध भइरहेको छ।

यसै क्रममा कर्णालीका पत्रकारहरुले पनि संसद विघटनको विरुद्धमा सडक रोजेका छन्। तर, सुर्खेतमै बसेर पत्रकारिता गरिरहेका केही पत्रकारहरुले भने लेखनकाे माध्यबाटै संसद विघटनको विरोध गर्नुपर्ने बताएका छन्।

आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेशमा क्रियाशील ८ वटा पेसागत संगठनहरु प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, नेपाल प्रेस, प्रेस सोसाइटी नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेश, राष्ट्रिय दलित पत्रकार संघ र नेपाल आदिवासी पत्रकार महासंघले संयुक्तरुपमा विरोध प्रर्दशन गरेका छन्।

वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको विरोध र्‍याली पिपलचौतारा पुगेर कोणसभामा परिणत भएको थियो। विरोध प्रदर्शनका क्रममा पत्रकारहरुले ‘असंवैधानिक कदम खारेज गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर, ‘संघीय लोकतान्त्रिक गनतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, पेसागत एकता जिन्दावाद, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर, प्रेसप्रतिको धम्की बन्द गर, संविधानको रक्षा गर, लगायतका नाराहरु लगाएका थिए।

विरोध कार्यक्रममा प्रेस संगठन कर्णाली प्रदेशका इन्चार्ज ध्रुव बुढाथोकी, प्रेस युनियनका केन्द्रीय नेता शिव लम्साल, प्रेस संगठनका केन्द्रीय नेताद्वय बलराम थापा र सइन्द्र राईलगायतले पत्रकार सम्बद्ध पेसागत संगनठहरु एकठाउँमा उभिएर सरकारको असंवैधानिक कदम र प्रेस स्वतन्त्रता विरोधी कदमविरुद प्रतीकार गर्ने बेला आएको बताएका छन्।