कोहलपुरमा वन्यजन्तु शिकारमा सक्रिय दुई युवक पक्राऊ



कोहलपुर। कोहलपुर नगरपालिकामा रहेका सडक छेउछाउ र सरकारी जग्गामा अवैध रूपमा पाल टागी बसोबास गर्दै आएका भङ्गारुहरु वन्यजन्तु तस्करीमा सक्रिय रहेको पाइएको छ।

उनीहरुले बाँके राष्ट्रिय निकुञ्ज भित्र प्रवेश गरि संरक्षित वन्यजन्तुको सिकार गर्दै आएको पाइएको हो। यसैक्रममा कोहलपुरको चप्परगौडी स्थित डुढुवा खोला नजिक बसेका दुईजना युवकलाई निकुञ्जको टोलीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा नेपाली सेना, निकुञ्जको टोली र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उक्त भङ्गारु टोलमा छापा मारी उनीहरूले सिकार गरि ल्याएको एक वन्यजन्तु सहित दुई युवकलाई पक्राउ गरेको हो। वन्यजन्तुको नाम भने खुल्न नसकेको र आवश्यक अनुसन्धान पश्चात् मात्रै पत्ता लाग्ने निकुञ्जले जनाएको छ।