‘रामकुमारीलाई पक्राउ गरेर ओलीले हाम्रो मुटु छामे’



काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले नेता रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफूहरुको मुटु छामेको प्रतिक्रिया दिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा नेता झाँक्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले माघ २९ गते पक्राउ गरेर सोही दिन साँझ रिहा गरेको थियो।

संसद विघटनका विरुद्ध आइतबार तेह्रथुममा आयोजित विरोध सभामा बोल्दै ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको तर देशभर विरोधको ज्वारभाट सुरुभएपछि सरकार डराएर साढे पाँच घण्टामै छाडेको अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन्।

अध्यक्ष नेपालले भने, ‘यो सबैको मुटु छामेको हो। रामकुमारीलाई पहिले समात्ने, अनि माधवकुमार नेपाल र पुष्पकमललाई गिरफ्तार गर्ने योजना रहेछ।’

प्राधनमन्त्री ओलीको चर्को आलोचना गर्दै उनले भने, ‘यिनका डरबाट हामी त्रसित हुन्छौं? ज्ञानेन्द्र जस्ताको त सातो लियौं भने केपी ओली कहाँका हुन्?’बाँकी दिनमा संकटकाल लगाउने लगायतको आशंका रहेको भन्दै अध्यक्ष नेपालले भने, ‘जनताको अधिकार खोस्ने कुनै कुशासक आयो भने हामी सहने छैनौं।’