काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ।
आइतबार केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने, ९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने घोषणा गरेको छ।
यसअघि प्रचण्ड-माधव समूहले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए।