काठमाडौँ। भारतिय सेना प्रमुख एमएम नरवणेले नेपाललाई चीनको धेरै लगानी भएको मुलुक भनेर टिप्पणी गरेका छन्।
‘उत्तर-पूर्वी क्षेत्रमा विकास हुँदै गरेको सुरक्षा चुनौती र आगामकी बाटो’ शीर्षकमा आयोजना गरिएको एक सेमिनारलाई सम्बोधन गदै भारतीय सेना प्रमुखले नेपाल लगायत भारतका छिमेकी मुलुकहरुमा चीनको बढ्दो पदचाप र भारतसँग विवादित सीमा क्षेत्रमा चीनले एकतर्फी रुपमा यथास्थितिलाई बदल्न खोजेको प्रयासले द्वन्द्व र अविश्वासको वातावरण सिर्जना गरेको बताएका छन्।
‘नेपाल हाम्रो परम्परागत दीर्धकालीन साझेदार हो, जहाँ पछिल्लो समयमा चीनको ठूलो लगानी देखिएको छ र नेपाल यतिवेला राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ’ उनले भनेका छन्, ‘भुटान आफ्नो एप्रोजमा केही सावधान भएको छ। हाम्रो बंगलादेशसँगको सम्बन्ध केही माथि पुगेको छ।’
भारतका छिमेकी मुलुकहरुमा देखिएको आयामले भारतको उत्तर(पश्चित क्षेत्रको सुरक्षा वातावरणलाई प्रत्यक्ष असर गर्ने समेत बताएका छन्। इन्डोप्यासेफिकमा चीन आक्रमक ढंगले आएको र कमजोर मुलुकप्रति अझ असहिष्णु बनेको उनको दाबी छ।
बेल्ट एण्ड रोड इनिसियटिभमार्फत चीनले क्षेत्रीय निर्भरता बढाउँदै लगेको समेत उनले बताएका छन्। भारतीय सेना प्रमुखले अमेरिका र चीनबीच बढ्दो द्वन्द्वले क्षेत्रीय असन्तुलन र अस्थीरता बढाउँदै लगेको उल्लेख गरेका छन्।