मनास्लु पोष्टको आयोजनामा अवार्ड तथा साँस्कृतिक कार्यक्रम सम्पन्न



काठमाडौँ। मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित मनास्लु पोष्टको अयोजनामा ‘चौथो मनास्लु राष्ट्रिय अवार्ड तथा वृह्त साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष एम.बि पुनको सभापतित्व तथा पूर्वमन्त्री बालाराम घर्तीकाे प्रमुख आतित्थ्यतामा शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका करिब डेढ दर्जन व्यक्तिहरुलाई अवार्डबाट सम्मान गरिएको थियो।

अवार्डबाट सम्मानित हुने व्यक्तिहरुको सारांशमा जीवन समेटिएको ‘एक तारा भाग-५’ नाम पुस्तकसमेत विमोचन गरिएको थियो। साथै कार्यक्रममा कलाकारहरुले विभिन्न विधाका गीतहरु प्रस्तुत गरेका थिए।