काठमाडौँ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू मुद्दाको हिसावले एउटै मोर्चामा रहेको बताएका छन्।
डा.बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तकको शनिबार काठमाडौँमा आयोजित लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले भने, ‘बाबुराम जी र म अहिले एउटै पार्टीमा छैनौ, तर मुद्दाको मोर्चामा हामी एकै ठाउँ छौँ। हजारौ सहिद, वेपत्ता, मानवीय अनुभूतिले फेरि पनि एकै ठाउँमा आउन प्रेरित गर्छन्।’ उनले आफू र बाबुराम भट्टराईबीचको सहकार्य र सम्बन्धको चर्चा गर्दै गुमनाम आमाहरुको कथाका पात्र, विश्लेषण र कथाले आफूलाई गम्भीर संश्लेषण गर्नुपर्नेतिर डोर्याएको महशुस भएको पनि बताए।
उनले संविधान पुर्ण भएको भन्न नसक्ने भन्दै संविधानमा समावेसी, समानुपातिक, लोकतन्त्रको प्रत्याभुति गर्नु राम्रा पक्ष पनि रहेको बताए। ‘शिक्षा, स्वास्थ्य जस्ता कुराहरु मौलिक हकका रुपमा राखिएको छ’ प्रचण्डको भनाइ छ। उक्त पस्तक प्रचण्ड, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले लोकार्पण गरेका छन्। त्यस्तै प्रचण्डले गंगा कार्की ‘विश्व’ को दुसाध्य जनयुद्ध नामक पुस्तक पनि शनिबारै विमोचन गरेका छन्।