मुख्यमन्त्री शाही २६औं जनयुद्ध दिवस मनाउन कालिकोटमा



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गृहजिल्ला कालिकोट पुगेर २६औं जनयुद्ध दिवस मनाएका छन्।

शनिबार गृहजिल्ला कालिकोटका विभिन्न स्थानीय तहमा पुगेर जनताहरुसँग मुख्यमन्त्री शाहीले२६औं जनयुद्ध दिवस मनाएका हुन्। मुख्यमन्त्री शाहीले जनयुद्धलाई अस्विकार गर्नेहरुदेखि सजग हुन आग्रह गरेका छन्।

मुख्यमन्त्री शाहीले उक्त क्रममा शहिद, वेपत्ता तथा अपाङगता भएका परिवारलाई सान्त्वना दिनुकासाथै परिवर्तनलाई संस्थागत गर्नेमा सबैलाई एकतावद्ध भएर लाग्न अनुरोध गरेका छन्।