‘निर्मला र भागरथीका हत्यारा पानीमुनि गएपनि छोडिन्न’



बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्याराहरु केही समयभित्रै अदालतको कठ्घरामा उभ्याउने दावी गरेका छन्।

उनले ती हत्याराहरुलाई पानीमुनि र विश्वका जुनसुकै ठाउँमा गएपनि सरकारले नछोड्ने दावी गरेका हुन्। शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो प्रतिवद्धता जनाएका हुन्।

निर्मला र भागरथीका हत्याराहरुलाई पानीमुनि गएपनि छोडिँदैन, विश्वका जुनसुकै देश गएपनि छोडिँदैन। उनीहरुलाई कानुनी दायरामा ल्याइन्छ’, प्रधानमन्त्री ओलीको दावी छ।