काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले २६औं जनयुद्ध दिवसका अवसरमा केपी ओली प्रतिगमनलाई परास्त गर्नुपर्ने बताएका छन्।
शनिबार २६औं जनयुद्ध दिवसको अवसमा शुभकामना तथा स्मरण गर्दै ओली प्रतिगमनलाई परास्त गरेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संयुक्त जनआन्दोलननिम्ति एकजुट हुन आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेशबुकमा उनले लेखेका छन्, ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनानिम्ति सबभन्दा ठुलो भूमिका निर्वाह गर्ने माओवादी जनयुद्ध थालनीको २५ बर्षको उपलक्ष्यमा सम्पूर्ण महान् सहीदहरू,वेपत्ताजन,घाइते योद्धाहरूमा उच्च सम्मान र यो महाअभियानमा महत्वपूर्ण योगदान गर्नेहरू सबैमा हार्दिक बधाई तथा शुभकामना।’
उनले अगाडि लेखेका छन्, ‘१२बुॅदे समझदारी र वृहद शान्तिसम्झौता पछि सहकार्य गर्दै आएका राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिऊॅ। सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम छिटो पूरा गरौ। ओली प्रतिगमनलाई परास्त गरेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संयुक्त जनआन्दोलननिम्ति एकजुट होऔं।’