सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २६औं जनयुद्ध दिवसको शुभकामना दिएका छन्।
शनिबार मुख्यमन्त्री शाहीले एक विज्ञप्ति जारी गरेर १० वर्षीय जनयद्ध, जनआन्दोलन र विभिन्न न्यायपूर्ण आन्दोलनका क्रममा आफ्नो जीवनको आहुती दिने शदिहप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै घाइते, वेपत्ता तथा अपाङगता बनेका योद्धाहरुको उच्च सम्मान गरेका छन्।
मुख्यमन्त्री शाहीले जनयुद्धको नेतृत्व र साथ दिने सम्पूर्ण जनताहरुलाई आभार प्रकट गरेका छन्। जनयुद्धको जगमा लोकतान्त्रीक संघीय गणतन्त्र स्थापना भएको बताउँदै शाहीले उपलब्धिहरुमाथि प्रश्न गर्नेहरुप्रति सचेत रहनुपर्ने बताएका छन्।
जारी विज्ञप्तिमा भनिएको छ, ‘महान जनयुद्धका कारण प्राप्त राजनीतिक उपलब्धिहरुको उपभोग गर्ने तर, जनयुद्धलाई अस्वीकार गर्ने, यसको महानतालाई खिसिट्युरी गर्ने प्रवृतिप्रति सचेत रहन आवश्यक छ।’