काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि दिल्ली प्रस्तान गरेका छन्।
पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेतासमेत रहेका खनाल शुक्रबार बिहान नेपाल वायु सेवा निगमको जहाजमा दिल्ली गएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्।
रिजालका अनुसार खनाल नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका हुन्। खनाल उच्च रक्तचाप र श्वासप्रश्वास सम्बन्धी समस्याबाट ग्रस्त रहेको बताइएको छ। केही महिना अगाडि उनी उच्च रक्तचाप र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए।