सुर्खेत। कर्णाली प्रदेश क्रियाशिल पत्रकारका ७ वटा पेशागत संगठनहरुले फागुन २ गते बिरोध प्रर्दशन गर्ने भएका छन्।
बिहिबार बसेको पेशागत संगठनका बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक रुपमा गरिएको संसद विघटनको प्रतिगामी कदम र प्रेस स्वतन्त्रता विरोधी हर्कतका विरुद्ध कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रर्दशन गर्ने भएका हुन्।
विरोध ¥यालीमा नेपाल प्रेस युनियन, प्रेस संगठन, क्रन्तीकारी पत्रकार महासंघ, प्रगतिशिल पत्रकार महासंघ लगायत सातवटा संघसंगठनको सहभागीता रहने भएको छ। संघ संगठनहरुले स्थानिय मंगलगडी चोकबाट ¥याली सहित मौन रुपमा सांकेतिक विरोध प्रदर्शन गर्ने जनाएका छन्।
र्याली बीरेन्द्रनगर बजार परिक्रम गरि पिपलचौतारीमा पुगेर सभामा परिणत हुने प्रेस संगठन कर्णालीका ईन्चार्ज धुर्बविक्रम बुढाथोकिले जानकारी दिए।¥यालीमा सहभागी सबैले कालो मास्क र कालो पट्टी बाधेर सरकारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरिने भएको छ। वर्तमान सरकार प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको रक्षा गर्न नसकेको भन्दै त्यसको विरुद्धमा सडकमा आउनु परेको संघसंगठनहरुले जनाएका छन्।