काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाकी नेता रामकुमारी झाँक्रीको गिरफ्तारीलाई नाङ्गो हस्तक्षेपका रुपमा टिप्पणी गरेका छन्।
बिहिबार पक्राउ परेकी नेता झाँक्रीको विषयलाई लिएर नेता पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले नेकपाकी नेतृ एंव निवर्तमान संसद रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको छ।’
उनले अगाडि लेखेका छन्, ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि नाङ्गो हस्तक्षेप गर्दै सरकारले झाँक्रीलाई पक्राउ गरेको छ। हामीले ल्याएको लोकतन्त्र बोल्नै नपाउने भन्ने होईन्। त्यसैले रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको घटनाको म घोर भत्सर्ना गर्दछु। साथै उहाँलाई विना शर्त रिहा गर्नसमेत माग गर्दछु।’