रामकुमारी गिरफ्तारको विरुद्धमा प्रदर्शन (फोटोसहित)



काठमाडौँ। नेकपा प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्री पक्राउको विरोधमा नेकपा सम्बद्ध युवा विद्यार्थीले राजधानीको माइतीघर-बानेश्वर क्षेत्रमा चर्को विरोध प्रदर्शन गरेका छन्।

फोटो पत्रकार मुकुन्द कालिकोटेका अनुसार माइतीघरदेखि बानेश्वरसम्म भएको प्रदर्शनका क्रममा प्रहरी र अनेरास्विवयूका नेता कार्यकर्ताबीच तनाव भएको छ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र आसपासमा ठेलमठेल गर्न खोजेका थिए। झडपमा केही विद्यार्थी नेताहरु घाइते बनेका छन्। घाइते हुनेमा आरती लामा, ममता अधिकारीलगायत रहेका छन्। प्रदर्शनकारीहरुले प्रतिगमनकारी सरकार मुर्दावाद, गृहमन्त्री राजीनामा देउ’ जस्ता नारा लगाएका थिए।

प्रदर्शनमा सहभागीहरुले मुखमा कालो टेप लगाएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अपर्यादिन अभिव्यक्ति दिएको आरोपमा प्रहरीले बिहीबार उनलाई पक्राउ गरेको थियो भने पक्राउको चौतर्फी विरोध भएको छ।