राजनीतिक सरलीकरण र महामारी नियन्त्रण, उपचार, व्यवस्थापनमा राष्ट्रिय एकता आजको हाम्रो आवश्यकता हो। सत्तासीन दलका त्यागी, क्रान्तिकारी, अग्रगामी तथा जनयुद्धको कमाण्डरसमेत रहेका तर झगडालु स्वभावका नेताहरूको कारण संविधान चिथोरिएको छ। संसद विघटन गरिएको छ।
आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ। सर्वोच्चमा बहस चलिरहेको छ। वकिल, संविधानविद् र विद्वानहरू छलफल एवं अभिव्यक्ति दिनमा व्यस्त छन्। असंवैधानिक कदमको विरोधमा,संसद पुनः र्स्थापनाको पक्षमा र निर्वाचनको तयारीमा राजनीतिक दलहरू आ-आफ्नो ढंगमा सड़क ततार्इ रहेका छन्।
सत्तासीन दलका नेताहरू प्यारप्यार गरिरहेका छन्। तिनीहरू एकअर्काको इजार तानातान गर्दै कुन्नि के साबित गर्न खोज्दै छन् ? इजारको गाँठो फुस्किएमा नग्न हुने त हो नि। प्रचण्ड भरूवा बन्दुक पर्र पड़्काउदै छन्। नेपाल बन्दुकमा बारूद भर्दै छन्। ओली क्यारिकेचर गर्दै प्रचण्ड-नेपालको खिसी गर्दैछन्। कार्यकर्ता, समर्थकहरू रमाइ रहेकाछन्।
दलहरू सत्तासीन घैंटो फुटाइको प्रतिक्षामा छन्। आसुरीका वाहक, प्रतिगमनका प्रतिक ओली हुन् भन्दै नेपाल टर्र टर्र गरिरहेका छन्। केपीको हातमा अब केही पनि छैन् प्रष्ट बुझ्नु होला। अब अन्तै छ चिजहरू। ठगी धन्दा गर्नु भएछ। इतिहासको कलंक कुपात्र भईसक्नु भयो। भित्तामा पुर्याउन पनि म तयार भएकै छु भन्दै प्रचण्ड प्यारप्यार गरि रहेका छन्। त्यस्तै काउण्टमा ओली भन्दैछन्, ‘पार्टी छोडेर भागेका भगोडाहरू, सभ्यता केही छैन्। लुकेर ज्ञानेन्द्र कहाँ गएर राती राती रक्सी खाएर लोकतन्त्रका विरूद्ध षडयन्त्र गर्ने। देशलाई अगाडी बढाउन नदिने तत्व यी नै हुन्।’
आकाशतिर फर्किएर कसले कति ऊँचाइसम्म थुक्न सक्छ भन्दै नेताहरू थुक्ने प्रतिस्पर्धामा व्यस्त छन्। थुक आफ्नै अनुहारमा पर्ने त हो नि। राजनीतिक संस्कार, चरित्र, आदर्श, अनुशासन र मर्यादा टुकुचामा मिल्काइ झगडियाको रूप धारण गरेका नेताहरू राजनीति लाई दुर्गन्धी पार्दै सडक छाप बनिरहेका छन्। सत्तासीन दलका कार्यकर्ता, समर्थकहरू कतै नलागि पार्टीको झण्डामुनि गोलबन्द हुने हो भने झगडिया नेताहरू एकलो हुने थिए। तिनीहरू नहुदैमा पार्टी टुहुरो हुने पनि त होइन् नि। पार्टी नेतृत्वको काँचुली फेरिने थियो। तर नेता, कार्यकर्ता, समर्थकहरू यताबाट उता, उताबाट यता गर्दै एकले अर्कोलाई नग्न पार्नमा नेताहरू लाई हौसाइ रहेका छन्।
प्रदूषित राजनीतिको शुध्दीकरण, स्वच्छ, स्वस्थ, मर्यादित र अनुशासित प्रजातांत्रिक अभ्यास एवं देश र जनताप्रति समर्पित सामाजिक राजनीतिक अगुवाहरू,अधिकारवादीहरू तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगाएत अन्य राजनीतिक दलहरू प्यारप्यारे नेताहरू विरूद्ध दबाब सृजना गर्न र वर्तमान महामारीको जोखिमपूर्ण अवस्थामा झगडिया नेताहरू र तिनीहरू आबद्ध नेकपाविरूद्ध जनतालाई तन मनले दृढ सङ्कल्पित बनाउन मनोवैज्ञानिक विधिहरू प्रभावकारी प्रयोगमा ल्याउन सकिरहेका छैनन्।
परिणामतः यस्तो अप्राकृतिक संवैधानिक एवं राजनीतिक संकटावस्थामा हामी जनता तमासे भइरहेका छौ। जगजाहेर नै छ कि जनता आफै परिचालित हुदैनन्। संगठित एवं सशक्त जनपरिचालनको निमित्त प्रारंभक र नेतृत्वको खांचो पर्दछ। महाभारत कथामा कौरवको पक्षबाट युद्धरत तत्कालीन सिन्धु नरेश जयद्रथको वधको क्रममा सारथि को भूमिकामा रहेका श्रीकृष्णले समयान्तरको चाल चलेका थिए। आफ्नो परमशक्ति द्वारा क्षणिक सूर्यास्त गरार्इ दिउसै रात पारेका थिए।
“संसदको विघटन राजनीतिक प्रश्न भएको र यस्लाई कानूनी प्रश्नको रूपमा संवैधानिक प्रश्नको रूपमा अदालतले विचार गरिरहनु भन्दा यस्लाई केही भनीरहनु नपर्ने भनेर खारेज गर्नु पर्दछ” भन्दै नेकपा अध्यक्ष ओलीले बिषयान्तरको चाल चलेको जन जगमा छर्लङ्ग छ। रक्त पिपासुलाई रगतको छिटा नपरेसम्म चैन हुदैन्। त्यसैले त “अब हाम्रो आन्दोलन भेजिटेरियन जस्तो हुनु भएन के। अलि आक्रामक बाघ र सिंह गर्जे जस्तो हुनु पर्ने भयो। त्यस्तो आन्दोलन चाहिएको छ कमरेडहरू” भन्दै दाहाल गर्जेको सबैले देखेको सुने कै हो।नेताहरूको ताल हेर्दा हेर्दै बोली सुन्दा सुन्दै जनतामा राजनीतिक सारथिको हल्का आशंका पैदा भएको छ।
ओडारमा जाकिएको राजनीति लाई खण्डहर हुन बाट जोगाउन, झगडिया पार्टी लाई अहिलेको अवस्थामा टक्कर दिन र झगडिया नेताहरू लाई मत्थर गराउन सक्ने ल्यागत नेपाली कांग्रेसमा देखिएन्। तेस्रो ठुलो दल जसपा को त कुरै भएन। हामी स्वतन्त्र छैनौं। हामी नेतामुखी छौं। नेताको स्वार्थको लागि हामी परस्पर भिड्न रगत बगाउन तयार हुन्छौ। देश र जनताको सवालमा हामी विभाजित हुन्छौ।
त्यसैले अब नेताहरूको चाहना र आदेशमा मात्र हामी जनताको हात खुट्टा र दिमाग चल्ने भएको छ। हामी उल्लु बनेका छौ। दास बनेका छौ। निकम्मा भएका छौ। अब नेताहरूले जे भन्छ त्यो सुनेर बस्ने,जे गर्छ त्यो हेरेर बस्नुको कुनै विकल्प छैन्। यही नै हो त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपादेयता? आज यो प्रश्नले प्रत्येक नेपालीको मनमा जवाफ खोजीरहेको छ। हामी कस्तो राजनीतिक संस्कारको विकास गरिरहेका छौ?
हामी नेपाहरुले सुन्न बाँकी एउटा प्रसँग
तँ कुखुरा चोर होस्।
तँ झन बाख्रा चोरे होस्।
तैंले, मलाई कुखुरा चोर्न पठाएर,
लाटीको तिघ्रो मुसार्दै बसेको थाहा छैन भन्ठान्छस्। तैंले नि मलाई बाख्रा चोर्न पठाएर, बाठीसँग परालको माचमा ढिकिच्याँउ खेलेको थाहा पाुछैन भन्ठान्छस्।
तैले पूजाका साङ्गेमा, लाटीलाई कुन प्रसाद खुवाएको थिईस? भन्दिम जनतालाई।
तैले जन्ती जाँदा बाठीलाई कुन गेष्टहाउसमा लग्या थिई’? सुनाइ दिउ जनतालाई। पख अरबबाट माझघरे दाइ फर्किएपछी तेरो पोल सुनाईन भने।
तँ पनि पख न, मलेसियाबाट पुछार घरे दाइलाई फर्किन मात्रै दे। साला, भट्टराईको कटहर चोर। ठूला गफ गर्छस्। साला, राउतको केरा चोर। मसँग जोरी खोज्छ्स्।
थुईक्क तेह्रथुमबाट धानको भात खान झापा झर्याथिस, अहिले मार्सी नपचेको तंलाई। थुईया, नुनको झोलमा चोबेर ढिंडो खान्थिस, अहिले भुटेको कुखुरो खान पाएर बल चडेको तेरो। छ्या, बड्ता बोल्छ्स। तेरो बाँङ्गे औंलो भाच्दिम। धेरै चिच्याउछ्स्, तेरो जेल हालेको झुल्फी खुइल्याई दिउ।
सिंगल सिंगल खेल्छ्स खड्गे, हात हालेर देखा त चण्डे। थुक्क झापाली फटाह। थुईया चितुने मासंहारी चितुवा, अब यति सुन्न मात्रै बाँकी छ। त्यसपछि देशमा सुसान र स्थाइत्व कायम भएर, देश समाजवाद र समृद्धितिर जान थाल्छ ।के हामी ले दिनखोजेको शुखि नेपाली सम्बृर्द नेपाल यहीँ हो।
‘लेखक शाही नेपाली कांग्रेसका युवा नेता हुन्’