पक्राउ परेपछि झाँक्रीले भनिन्,‘यो अन्तिम लडाईं हो’



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेता रामकुमारी झाँक्रीले गिरफ्तार भएपछि केपी ओली सरकारका विरुद्धको अन्तीम लडाईं भएको र धैर्य गर्न आग्रह गरेकी छन्।

बिहिबार प्रहरीले राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न भन्दै पक्राउ गरेलगत्तै उनले सामाजिक सञ्जाल फेशबुकमार्फत उक्त आग्रह गरेकी हुन्। उनले लेखेकी छन्, ‘अपराध अनुसन्धान मीनभवनमा छु। सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाईं हो। आफ्नो ठाउँमा डटौं।’

झाँक्री लाई प्रहरीले मुलुकी अपराध संहिता २०७२ को दफा ५८ सम्बन्धी विषयमा अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर बिहीबार प्रहरीले झाँक्रीलाई बानेश्वरस्थित निवासबाट पक्राउ गरेको हो।