झाँक्री पक्राउ परेपछि झ्यालखानाको संख्या थप्न गगनको चुनौती



काठमाडौँ। नेपाली कांग्रेसका यूवा नेता तथा पूर्वमन्त्री गगन थापाले रामकुमारी झाँक्रीलाई पक्राउ गरेको विषयमा सरकारको चर्को आलोचना गरेका छन्।

बिहिबार नेकपा (प्रचण्ड–नेपाल) समूहकी नेता झाँक्रीलाई राज्यविरूद्धको कसूर आरोपमा महानगरीय अपराध महाशाखाले पक्रउ गरेपछि नेता थापाले चर्को विरोध गरेका हस्न्।

नेता झाँक्रीलाई उनको निवासबाट प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीको टोलीले पक्राउ गरेको हो। झाँक्रीलाई पत्राउ गरे लगत्तै थापाले ट्वीट गरेर आपति जनाएका छन्।

उनले लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने उहिले महाराजा अहिले राष्ट्रपति सरकार झ्याल खानाको संख्या थप, किन कि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’