काठमाडौँ। नेकपा (प्रचण्ड-नेपाल) पक्षकी नेता रामकुमारी झाँक्रीलाई गिरफ्तार गर्न पुगेको प्रहरीलाई कार्यकर्ताहरुले रोक्न चर्को नाराबाजी गरिरहेका छन्।
नेता झाँक्रीले राष्ट्रपतिका बारेमा आफूले बोलेको कुरा राजनीतिक भएको भन्दै प्रहरीलाई पक्राउ पूर्जी ल्याउन अनुरोध गरेकी छन्।
सोधपुछको नाममा प्रहरीले नेता झाँक्रीलाई प्रहरीले गिरफ्तार गर्न खोजेको थियो। तर कार्यकर्ताहरुको अवरोधमा उनलाई प्रहरीले पक्राउ गर्न सकिरहेको छैन।