विप्लवसहित चार मोर्चाको प्रज्ञामा संयुक्त घोषणासभा



काठमाडौँ। सरकारविरुद्ध मोर्चाबन्दी गर्ने निर्णय गरेका नेपाल कम्युनिस्ट पार्टी (विप्लव)सहित चार राजनीतिक दलले बिहिबार त्यसको औपचारिक घोषणा गर्दैछन्।

उक्त घोषणाका लागि उनीहरूले बिहीबार दिउँसो १२ बजे राजधानीको प्रज्ञा भवनमा घोषणासभाको आयोजना गरेका छन्। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी हुन लागेको हो।

वैदेशिक शक्तिको आड भरोसा र इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको आरोप लगाउँदै आएका यि दलहरुले यसअघि, ‘केपी ओली सरकारको निरंकुशता, फासीवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको’ जनाएका थिए।