काठमाडौँ। नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल केपी ओलीको विरुद्धमा कडा रुपले प्रस्तुत भएका छन्। उनीहरुले ओलीलाई एक मिनेट पनि कुर्चीमा बस्ने नैतिकता नभएको र तत्काल राजिनामा दिन अनुरोध गरेका छन्।
बुधबार राजधानिमा आयोजित आमसभामा प्रचण्डले राखेको मन्तव्यको सम्पादित अंश:
केपी ओलीले अस्ति भन्नुभयो, जुलुस कस्तो हुन्छ, हामी देखाउँछौं। सभा कस्तो हुन्छ हामी देखाउँछौं। केपीजी, देख्नुभो, सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ? प्रदर्शन कस्तो हुन्छ ? तपाई अझै पनि लाखौं जनताको यो उपस्थिति, यो विरोध र यो आक्रोश, आवेग र पीडालाई बुझ्नुभएन भने म तपाईलाई चुनौती दिन्छु, हेर्नुहोला केही दिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौं लाख जनता आउँछन्, अझ ठूलो उपस्थितिका साथ।
तपाईको प्रतिगमन, तपाईको निरंकुशता तपाईको लोकतन्त्रको हत्या गर्ने अपराधिक चरित्र नेपाली जनताले बुझिसकेको छ। त्यसकारण जरुरी पर्यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा हामी आयोजना गर्नेछौं। केपीजीतिर गएका मान्छेहरु अहिले र्फकन लाम लागेका छन्। म अहिले लामो लिस्ट भन्न सक्छु। अरु त अरु, उहाँले बनाएका दुईजना मन्त्री पनि फर्किनका लागि मसँग वार्ता गर्दैछन्।
केपीजी, तपाई भ्रममा कतिदिन बाँच्ने हो? सक्नुहुन्छ भने आज म तपाईलाई एउटा सल्लाह दिन चाहन्छु, तपाईले साह्रै ठूलो अपराध गर्नुभयो, यो राष्ट्रका विरुद्ध, जनताका विरुद्ध। तपाईले अझै पनि आफूलाई अलिकति ठाउँ राख्ने हो भने तुरुन्तै राजीनामा दिनोस् र पञ्चाताप गरेर वक्तव्य निकाल्नोस्। तपाईलाई अलिकति ठाउँ नेपाली जनताले दिन सक्छन्। तपाई अझै मूर्खता गर्नेमा हुनुहुन्छ, मलाई थाहा छ।
तर, तपाई अझै निरंकुशतातिर जानेमा हुनुहुन्छ, मलाई थाहा छ। तर, तपाई जति जानुहुन्छ, अघि साथीहरुले भनिसक्नुभो, तपाई त आजकल जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभा’छ। हाम्रो भगवान् जीवित मान्छे, नेपाली जनता हाम्रा भगवान् हुन्। हामी तपाईहरुको शरणमा छौं।
जनताको धार्मिक आस्थाप्रति हाम्रो सम्मान छ। केपीजीले अस्ति एउटा सभामा भन्नुभयो, मैले राममन्दिर बनाउने भनेको छु, मैले अयोध्या बनाउने भनेको छु, यो प्रचण्ड बोल्दै बोल्दैन भनेर उहाँले भन्नुभो। चितवनको मेरै निर्वाचन क्षेत्रमा उहाँले राममन्दिर बनाउने भन्ने छ। र, यहाँ मन्दिरको एउटा स्टाचु बनाइ पनि सक्नुभयो रे।
मेरो चुनौती के छ केपीजीलाई भने( तपाई साँच्चै चितवनको माडीमा, मेरो निर्वाचन क्षेत्रमा राम मन्दिर र अयोध्या स्थापित गर्नेमा हो भने सबभन्दा पहिले पुरातासत्विक अन्वेषण गर्नुपर्यो। अनुसन्धान गर्नुपर्यो। प्रमाणित गर्नोस्, मजति खुशी कोही हुँदैन। ‘तर, तपाईजस्तो ठग। तपाईको नाटक। सबभन्दा नजिकबाट यो तीन वर्षमा मैले चिनें तपाईलाई।
तपाईको नाटक‘ तपाईले कसरी ठग्नुहुन्छ भन्ने मैले देखें। त्यसकारण मेरो चुनौती, तपाई त्यहाँ प्रमाणित गर्नुहोस् अयोध्या यही हो‘ प्रमाणित गर्नेतिर उहाँले एक सिन्को काम गर्नुभएको छैन। अनि प्रचण्डलाई चुनौती दिने भनेर भन्नुभएको छ।
तपाईले गल्ती गर्नुभो केपीजी। तपाईले ठूलो गल्ती गर्नुभो। माधवजीलाई अपमानित गरेर। झलनाथजीलाई अपमानित गरेर। ५० औं वर्ष तपाईसँग काम गरेका नेता र कार्यकर्तालाई अपमानित गरेर तपाईले ब्लण्डर गर्नुभो। हेर्नोस्, प्रचण्डको कार्यकर्ता भए झलनाथ र माधव भन्दिया छ। मैले माधवजीलाई भनें, हैन प्रचण्ड माधवको कार्यकर्ता भएको भन्दिनोस् न। किनभने, युद्धबाट शान्तिमा त प्रचण्ड आएको हो नि।
यो केपी ओलीको ठगीधन्दा। माधवजस्तो लिडर, जसले १५÷१६ वर्ष एमाले बनाउनका लागि (नेतृत्व० गर्यो, झलनाथजस्तो लिडर, जसले १२÷१५ वर्ष पार्टीको नेतृत्व गर्यो र प्रधानमन्त्री भएर देशको नेतृत्व गर्यो, तिनलाई प्रचण्डको कार्यकर्ता भयो भन्ने ? अनि पत्याउने देखेर पो म त हैरान हुन्छु फेरि । पत्याउने मान्छे पनि केभा होला?
हाम्रो एकता विचार र भावनामा आधारित, विधिमा आधारित एकता हो। केपी ओलीको ठगी धन्दाले‘ बिहान बोलाएर बावदेवलाई प्रधानमन्त्री, दिउँसो बोलाएर माधवलाई प्रधानमन्त्री, बेलुका बोलाएर प्रचण्डलाई प्रधानमन्त्री दिने उनको नाटकको पर्दाफास भइसक्यो। त्यसकारण यसमा कुनै दम छैन। मैले योभन्दा बढी उहाँको बारेमा भन्न पनि चाहेको होइन। हामी अहिले जुन प्रतिगमन विरोधी संघर्षमा छौं, यसको उद्देश्य केपी ओली भन्ने व्यक्तिलाई परास्त गर्नु होइन, एउटा प्रवृत्तिलाई परास्त गर्नु हो।
बधबार राजधानिमा आयोजित आमसभामा प्रचण्डले राखेको मन्तव्यको सम्पादित अंशः