काठमाडौँ। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी विवादका बारेमा निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताएका छन्।
प्रचण्डले पार्टीको विवाद उत्पन्न हुँदा वित्तिकै आयोगमा पुगेर ७० प्रतिशत केन्द्रीय सदस्य भएको पक्ष हामी छौं र आफूहरु नै आधिकारिक हौं भन्दा त्यसलाई वास्ता नगरिएको भन्दै आक्रोश पोखेका छन्।
बुधबार ओलीको प्रतिगामी कदमको विरोधमा आयोजित बृहत सभालाई सम्बोधन गर्दै प्रचण्डले आयोगको खुट्टी देखेर पत्याएको बताए। उनले निर्वाचन आयोगलाई प्रतिगमनको पछि नलाग्न र निर्णय चाँडो गर्न आग्रह गरेका छन्। साथै प्रचण्डले ओलीको धम्कीबाट नडराउनसमेत अनुरोध गरे।
साथै उनले नेपाली जनताहरुलाई हेप्ने काम कसैले नगर्न चुनौती दिए। उनले भने, ‘दुई सय ४० वर्षको राजतन्त्र फाल्ने केपी ओली होइनन्। माधव नेपाल, झलनाथसहितको नेतृत्व हो।