काठमाडौँ। (नेकपा) प्रचण्ड–माधव समूहले २८ गते गर्न लागेको वृहतसभाको पूर्व सन्ध्यामा मार्चपास गरेको छ।
राजधानीको प्रदर्शनीमार्गस्थित वाल्मीकी क्याम्पसबाट सुरु भएको मार्चपास पुतलीसडक, बागबजार, पुरानो बसपार्क, भृकुटीमण्डप हुँदै फेरि वाल्मीकी क्याम्पस आएर सकिएको थियो।
बुधबार हुने बृहत सभालाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले स्वयंसेवकहरुलाई निर्देशन दिएका थिएका छन्।
उक्त समूहले भोलि हुने सभामा राजधानी उपत्यका र बागमती प्रदेशबाट ठूलो सहभागिता गराउने तयारी गरेको छ। यसबाहेक देशभरबाट प्रतिनिधिमूलक ढंगको सहभागिता गराउँदै संसद् पुनर्स्थापनाका लागि दबाब दिने बताएको छ।
तस्बिर: मुकुन्द कालिकोटे