‘ओलीले राजनीतिक कार्यदिशामाथि प्रहार गरेपछि संघर्ष सुरु’



काठमाडौँ। (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कार्यदिशा र बिचारमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहार गरेको कारण संघर्ष सुरु भएको दाबी गरेका छन्।

केपी ओली गुटका प्रतिकृयावादी तत्वहरुले आफूलाई प्रधानमन्त्री र कुर्सीको लागि झगडा गरेको आरोप लगाउने गरेको बताए। सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रथम राष्ट्रिय परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपीले प्रतिक्रान्तिको वकालत गर्दै संविधान कुल्चिएकाले वाजी हारेको बताए। साथै उनले आफ्नो पक्षले बाजि जितको दाबी गरेका छन्।

उनले भने, ‘हाम्रो लडाइ विचार र राजनीति मै हो। केपीसँग प्रधानमन्त्री र कुर्सीको लागि लडाइँ हो कि भन्ने गर्छन्। यो प्रचार केपी गुटका प्रतिकृयावादी र अवसरदावीहरुले गर्ने गरेकै हो। हामी पदको लागि होइन बिचारको, पद्धति र सिद्धान्तका निम्ति हाम्रो लडाइँ हो। ओलीले प्रतिगमन गर्ने र संविधानलाई कुल्चने काम गर्नुभयो। प्रतिक्रान्तिको वकालत गर्न थाल्नुभयो। उहाँले बाजी हार्नुभयो। उहाँ कलंकित पनि हुनुभयो इतिहासमा।’