श्री एयरद्वारा काठमाडौँ-सुर्खेतको लागि परीक्षण उडान



सुर्खेत। निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौँ-सुर्खेतको लागि सफल परीक्षण उडान गरेको छ।

८० सिटको विमान सुर्खेत एरपोर्टको धावनमार्ग प्रयाप्त रुपमा पुग्ने श्री एअरले जनाएको छ। नियमित उडान हुन करिब २० दिन लाग्ने कम्पनिले जानकारी दिएको छ।

सुर्खेत विमानस्थल प्रमुख उमेश पन्थीका अनुसार सुर्खेती आकाशमा परीक्षण गरिसकेपछि बिहान ११ः४० बजे जहाज काठमाडौं फर्किएको छ। पाइलट डीएस थापाको नेतृत्वमा जहाज सुर्खेत पुगेको थियो।

नियमित उडान गर्दा कतिसम्म लोडबोक्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकहरुले अध्ययन गर्ने सुर्खेत विमानस्थल प्रमुख पन्थीले बताए ।