‘वार्तामा बोलाउनु पहिले विप्लवमाथिको प्रतिवन्ध हटाउनु पर्छ’



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेकपा (विप्लव) सँग वार्ता गर्नुभन्दा पहिले प्रतिवन्ध हटाउन सझुाव दिएका छन्।

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरुद्धमा पूर्व माओवादीलाई प्रयोग गर्नमा रातदिन लागि परेको बताए। आइतबार एक टेलिभिजनको अन्तरवार्तामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘विस्तृत शान्ति सम्झौताको अघि २ वर्ष पहिले विप्लव र म सँगै थियौं। त्यो कथा निक्कै लामो छ। सम्भावित युवा नेताको रुपमा मैले उहाँलाई बुझेको थिए। अहिले पनि त्यो बुझाईमा मेरो कुनै परिर्वतन छैन। उहाँले मलाई बुझ्न सक्नु भएन जस्तो लाग्छ। समय आएपछि बुझ्नु हुन्छ।’

उनले अगाडि भने, ‘केपी ओलीले पार्टीमा कुनै छलफल नगरिकन विप्लवमाथी प्रतिवन्ध लगाएका हुन्। पहिले प्रतिवन्ध हटाउनु पर्यो। अनि वार्तामा बोलाउनु पर्यो नि। वार्तामा ल्याउँदा राम्रो। प्रतिवन्ध हटाउँदा राम्रो। मैले त प्रतिवन्ध लगाउनु नै ठिक छैन भनेको हु। त्यस्तै बादल मेरो वचपन देखिको साथी हो। उहाँ यता आउनु हुन्छ। मैले जति केपीलाई बुझ्नु उहाँले भएको छैन। ओलीका पछि लाइन नेता छन्। बादललाई प्रयोग गरेर हटाइ दिन्छन्। विप्लवलाई नजिक ल्याउने प्रयास गर्नु भएको छ।”

त्यस्तै कांग्रेसले आफ्नो विरासत नभूलेर प्रतिगमनका विरुद्धमा उत्रिनु पर्नेमा जोड दिएका हुन्। तत्कालिन कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइरालालाई संविधानका पीताका रुपमा सम्बोधन गरेका प्रचण्डले कांग्रेस प्रतिगमन र लोकतन्त्रको रक्षाका लागि संयुक्त आन्दोनमा उत्रिनुपर्ने बताए। राम्रो दिमाग भएका मान्छेहरु संसद विघटनविरुद्धमा रहेको प्रचण्डको भनाई छ।

वृहत शान्ति सम्झौताका बेलादेखिका साथी भएको भन्दै कांग्रेसका सभापति देउवालाई पटक पटक भेटेर संसद विघटनका विरुद्धमा संयुक्त आन्दोलन गरौं भनेर आग्रह गरिरहेको स्पष्ट पारे। प्रचण्डले आफूलाई नागरिक समाज र जनताहरुले जसलाई प्रधानमन्त्री बनाएर परिर्वतन र संसद पुनस्थापना हुन्छ भन्नु हुन्छ त्यहि व्यक्तिलाई प्रधानमन्त्री स्वीकार गर्ने वताए।