‘राम्राे दिमाग भएका मान्छेहरु संसद विघटनको विरुद्धमा छन्’



काठमाडौँ। नेकपा (नेकपा) का अध्यक्ष प्रचण्डले काम चलाउ प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमका विरुद्धमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

आइतबार एक टेलिभिजको अन्तरवार्तामा कांग्रेसले आफ्नो विरासत नभूलेर प्रतिगमनका विरुद्धमा उत्रिनु पर्नेमा जोड दिएका हुन्। तत्कालिन कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशिल कोइरालालाई संविधानका पीताका रुपमा सम्बोधन गरेका प्रचण्डले कांग्रेस प्रतिगमन र लोकतन्त्रको रक्षाका लागि संयुक्त आन्दोनमा उत्रिनुपर्ने बताए। राम्रो दिमाग भएका मान्छेहरु संसद विघटनविरुद्धमा रहेको प्रचण्डको भनाई छ।

वृहत शान्ति सम्झौताका बेलादेखिका साथी भएको भन्दै कांग्रेसका सभापति देउवालाई पटक पटक भेटेर संसद विघटनका विरुद्धमा संयुक्त आन्दोलन गरौं भनेर आग्रह गरिरहेको स्पष्ट पारे। प्रचण्डले आफूलाई नागरिक समाज र जनताहरुले जसलाई प्रधानमन्त्री बनाएर परिर्वतन र संसद पुनस्थापना हुन्छ भन्नु हुन्छ त्यहि व्यक्तिलाई प्रधानमन्त्री स्वीकार गर्ने वताए।