सुर्खेत। कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीया महिलाको मृत्यु भएको हो। ‘उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको हो’ सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले भने, ‘मृतक महिलालाई माघ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।’
उनलाई १८ गते प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो। यसअघि पनि उनलाई उच्च रक्तचाप, मधुमेह तथा मुटु सम्बन्धी रोग रहेको कँडेलले बताए। योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुनेको संख्या ३१ पुगेको छ।