‘ओलीका हरेक कदमहरुको सहि विश्लेषण गर्नुपर्छ’



पर्सा। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रत्येक कदमहरुको सही रुपमा विश्लेषण गनुपर्ने धारणा राखेका छन्।

आइतबार पार्स कांग्रेसद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधामन्त्री ओलीका प्रत्येक कदमको सही ढंगले विश्लेषण गर्न आवश्यक रहेको बताएका हुन्।
दुई वर्षअगाडि संसारबाट लखेटिएकी एक महिलालाई स्वागत गर्न देश नै ठप्प पारेको भन्दै उनले भने, ‘होलीवाइनको त्यत्रो काण्ड रच्दै गर्दा कहिल्यै पशुपति सम्झिनु भएन। अहिले रुद्राक्षको माला लगाएर पशुपतिको चौराहमा घुम्दै हिन्दु धर्म मान्ने? तपाईं नेपाली जनताको आस्थामा खेल्न खोज्दै हुनुहुन्छ।’

उनले अगाडि भने,‘सीता माताको प्रदेशका कयौं नागरिकले नागरिकता पाएका छैनन्। ति नागरिकहरुलाई नागरिकता दिउँ भन्दा प्रधानमन्त्री ओली कहिल्यै तयार हुनु भएन। तर, आज भगवान रामलाई नागरिकता दिन लाग्नु भएको छ।’ ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै नेता थापाले अदालतबाट न्यायीक निर्णय आउने विश्वास व्यक्त गरेका छन्।

उनले भने, ‘संविधानसभाबाट आफूहरुले बनाएको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्ने ठाउँ छैन। अदालतले पनि यही संविधान पल्टाउने हो। यो पढेर संसद विघटनलाई वैधानिक भन्न पाउँदैन।’