‘ओलीले मार्क्सवादलाई अवसरवादमा परिणत गरे’



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले मार्क्सवादलाई अवसरवादका रुपमा प्रयोग गरिरहेको स्पष्ट पारेका छन्।

साथै उनले कम्युनिष्ट आन्दोलनप्रतिको ओलीको निष्ठा निक्कै कमजोर भएको समेतर बताए। आइतबार ‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भुमिकाबारे श्रमिक भेला’ मा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको निष्ठा र आस्था कमजोर भएको बताएका हुन्।

ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको प्रतिबद्धता समेत कमजोर भएको र मार्क्सवादलाई अवसरवादको रुपमा बुझि आफ्नो स्वार्थको साधन बनाउन चाहेको उनको भनाइ छ।

अध्यक्ष नेपालले आफूहरुको संविधान प्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताए। संविधानलाई जोगाउँदै, हुर्काउँदै अगाडि बढाउने उनको भनाइ छ। आफूहरुले कुर्सीको हानाथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेकाले आफुहरुको बाटो सही रहेको उनले बताए।