कांग्रेसका शुभेच्छुक संस्थाहरुद्वारा सरकारका विरुद्धमा प्रदर्शन



काठमाडौँ। नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले शनिबार संसद् विघटनको विरोधमा प्रदर्शन गरेका छन्। काँग्रेसका शुभेच्छुक संस्थाले संयुक्त रुपमा काठमाडौं टुँडिखेल र भद्रकालीमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले विधिको ुशासन कायम गर, पेशाकर्मीलाई बनाइयो आहत, महामारीमा पनि दिइएन राहत, संघीय शिक्षा ऐन खारेज गर, मानवअधिकारको रक्षा गर, पेशाकर्मीले चिन्यो वर्तमान सरकार, महामारीमा पनि भ्रष्टाचारु लेखेका पोस्टर शरीरमा टाँसेका थिए।

प्रदर्शनमा उनीहरुले सोही नारा पनि लगाएका थिए । मातृ पार्टीको निर्देशन अनुसार १८ शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेका छन्।