सुर्खेत। बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागिरथी भट्टको न्यायको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरिएको छ।
स्वतन्त्र न्यायप्रेमी युवाहरुकाे उपस्थितिमा वैतडी जिल्लाको दोगडाकेदार गाँउपालिका वडा नं ७ चडेपानीकी कक्षा १२ मा पढ्ने १७ वर्षीय छात्रा भट्टको वलत्कारपछि हत्या भएको विरोधमा प्रदर्शन गरिएको हो।
यहि माघ २१ गते बुधबारविद्यालय गएकी भट्टको बिहिबार लवलेक जंगलको खोचलेक गिरेगडाको ग्रामीण सडकबाट करिव ५० मिटर तल झाडीमा वीभत्स अवस्थामा शव भेटिएको थियो। अघिल्लो वर्ष कन्चनपुरमा निर्मला पन्तको वलत्कार पछि हत्या भएको थियो।
उक्त घटनाको विरुद्ध निस्किएका युवा मध्येकी एक युवा नेता ममता अधिकारीका अनुसार बलात्कारीलाई फासीको माग गरिएकाे छ। साथै शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ काे राजिनामा समेत माग गरिएको छ। प्रदर्शनकारीहरुले विरोध क्रममा सरकार र गृहमन्त्रीका विरुद्ध चर्को नाराबाजी गरेका थिए।